सिन्धुपाल्चोक । जुगल गाउँपालिका-४ लहरेमाने बस्ने बिर बहादुर श्रेष्ठ र निजको छोरा सम्शेर बहादुर श्रेष्ठको गोठमा सोमबार बिहान आगलागी हुँदा दुबै जनाको गोठ जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













