कञ्चनपुर । आगलागीबाट ६ लाखको धनमाल जलेर नष्ट भएको छ । कञ्चनपुरको शुक्लाफाँटा २ मा सोमबबार साँझ रानिपुर बस्ने कलावती धानुकको दुई तले काठले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा सो मुल्यको सामान जलेर नष्ट भएको हो ।
गोठ सहित भित्र रहेका पराल, काठ, भुसा लगायतका सामानहरु जलेर नष्ट भएको, प्रहरीले जनाएको छ । मानबिय तथा चौपाया क्षेती नभएको र स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













