धनगढी । कैलालीका केही स्थानबाट २ लाख ४१ हजार १८० मुल्यको भनसार छलीको सामान प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ धनगढी २ सिसा पोष्ट, ९ त्रीवेणीघाट, गोदावरी ३ चौकिडाँडा, भजनी ३ ठेकीपुर ८ खैराबाट सो मुल्यको सामान प्रहरीले पक्राउ गरेको हो ।
प्याज, चिनी, नरिवल, कपी, पेन्सिल, बिडी, सुर्ती, सुटपिस, कुर्ति, माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













