धनगढी । कैलालीका केही स्थानबाट भन्सार छलीको एक लाख ३५ हजार ४५० मुल्यका सामान प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी २ ट्राफिक चौराहा, माछा पोखरी, ८ धनगढीगाउँ, गोदावरी ४ हनुमान मन्दिर नजिक र भजनी ८ खैराबाट सो मुल्यका सामान पक्राउ गरेको हो ।
बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ जस्ता सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरिएको जनाएको छ ।














