धनगढी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्र कैलालीले जिल्ला भरीका कृषक अनुदानका लागि एक करोड ९ लाख ९८ हजार बजेट विनियोजन गरेकोे छ ।
चालु आर्थिक वर्षमा कृषक अनुदानका लागी बंगुर पालक कृषकका लागि ३० लाख, बाख्राका लागि ३० लाख र पकेट क्षेत्रका भैंसीपालक शहकारीहरुका लागि ४९ लाख ९८ हजार वजेट विनियोजन गरिएको हो ।
यो केन्द्रमा ७ सय व्यक्ति र समुहले अनुदानका लागि निबेदन दिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्र कैलालीका सुचना अधिकारी बिजयराम दमाइले निशाना न्युजलाई जानकारी दिए ।
दिएका निवेदनमाथी छनौट प्रकृया शुरु हुन थालेको उनले बताए । हामीले पहिला उनीहरुको निवेदन छनौट गर्छौ त्यसपछि मात्र अनुदानको पक्रिया शुरु हुने उनले वताए । अन्य अनुदानमा प्रदेशबाट पास भई आएका टुक्रे योजनामा पनि बजेट आएको उनले बताए ।
त्यस्तै कैलालीमा गौशाला निर्माणका लागी ९५ लाखको सम्झौता समेत भइसकेको उनले बताए ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेला, कैलारी गाउँपालिका–३ टिकापुर नगरपालिका–५, गौगरीगंगा नगरपालिका–४ र गोदावरी नगरपालिकाको उपभोक्ता समूहको खाली जमिनमा गौशाला निमार्णका लागि सो रकम छुट्याइएर सम्झौता भइसकेको उनले बताए ।
कृषक अनुदानका लागि एक करोड ९ लाख ९८ हजार बजेट विनियोजन
कृषक अनुदानका लागि एक करोड ९ लाख ९८ हजार बजेट विनियोजन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














