बैतडी । फरार मानिसलाई बैतडीको गोठाला पानी बाट प्रहरीले पक्राउ गरेको छ । बैतडी दशरथचन्द ४ धुरा बस्ने बर्ष २२ को बिरेन्द्र
रावललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध खैरो हिरोईन( मुद्दामा ) २ महिना २४ दिन कैद सजाय र रु.५,००० जरिवाना तोकिएको थियो ।














