धनगढी । बैतडीमा तीन दिने बृहत स्वास्थ्य शिविर हुने भएको छ । बैतडी समाज कैलाली र पुर्चौडी नगरपालिकाले बैतडीको पुर्चौडीमा तीन दिने बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै बैशाख ५ देखि ७ गतेसम्म शिविर सञ्चालन हुने जनाइएको छ । बृहत शिविरमा हाडजोर्नी तथा नसारोग, पेट, छाती, सुगर तथा प्रेसर, स्त्री तथा प्रसुति रोग, बालरोग, मुत्रनली तथा पत्थरी, मुटु रोग, मानसिक रोग, दाँत सम्बन्धी जाँच गरिने आयोजकले जनाएको छ ।
साथै प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसिजी सेवा, निशुल्क औषधी वितरण, आँखा सम्बन्धी चेकजाँच, पावर चस्मा तथा मोतीबिन्दुको अप्रेसन हुने जनाइएको छ । स्वास्थ्य शिविरमा आँखा सम्बन्धी जाँच ६ र ७ गते हाट स्वास्थ्य चौकीको पुरानो भवनमा हुने तथा ६ गते रक्तदान कार्यक्रम हुने बृहत स्वास्थ्य शिविर कार्यक्रम संयोजक गजेन्द्र चन्दले जानकारी दिए ।
हरेकका बर्ष गरिने बृहत स्वास्थ्य शिविरबाट यस वर्ष ७ हजारले निशुल्क स्वास्थ्य सेवा पाउने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।













