काठमाडौं । संखुवासभा, भोटखोला गाउँपालिका-४ लिङ्गम बस्ने खड्ग बहादुर गुरूङको घरमा मंगलबार राति आगलागी हुँदा घर, घर भित्र रहेका लत्ताकपडा, भाँडावर्तन र अन्नपात पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धादिङ, सिद्धलेक गाउँपालिका-१ बैरेनी बस्ने देबेन्द्र तिमिल्सिनाको भान्सा कोठामा बुधबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका(९ घोरडिहवा बस्ने राम अटल नाउको गोठमा बुधबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













