डडेल्धुरा । डडेल्धुराको एक घरमा आगलागी हुँदा ५ लाख १७ मुल्यको धनमाल जलेर नष्ट भएको छ ।
डडेल्धुरा, परशुराम १० दुम्सीजला बस्ने लक्ष्मण बुढाको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको टायलले छाएको कच्चि घरमा बिद्युत सर्ट भई आगलागि हुँदा सो बराबरको सामान जलेर नष्ट भएको हो ।
घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामानहरु जलेर नष्ट भएको, छ भने मानबिय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ ।














