कैलाली । धनगढी उपमहानगरपालिका–५ जाइमा आयुर्वेद सेवा केन्द्र सञ्चालनमा आएको छ । यही बैशाख १४ गतेदेखि वडा कार्यालयको भवन नजिक सो आयुर्वेद सेवा केन्द्र सञ्चालनमा आएको हो ।
प्रादेशिक आयुर्वेदिक चिकित्सालय राजपुर र धनगढी उपमहानगरपालिकाले आयुर्वेद सेवा केन्दलाई सहयोग गरेको बैद्य आरती दंगाल धामीले निशाना न्युजलाई जानकारी दिइन् ।
उनले नशा च्यापिएको,हड्डी खिइएको,प्यारालाइसिस,पिनास,सिरो रोग,बाथ,आमबाथ आदि रोगहरुको उपचार,पंचकर्मद्धारा हुने गरेको बताइन् ।
‘केही औषधी सिद्धिएको छ लिष्ट बनायर पठाएका छौँ । दुई,दिन भित्र पुग्छ’ उनले भनिन् ‘औषधी आइसकेपछी नियमित उपचार हुन्छ ।’ यस वडामा सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय निकै नै खुशी भएको उनको भनाइ छ ।














