धनगढी। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुशियालीमा दीप प्रज्ज्वलन गरिएको छ ।
सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा आज सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वविद्यालय गेट अगाडी दीप प्रज्ज्वलन गरिएको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले ल्याएको बिधेयक प्रति हार्दिक स्वागत गर्दै खुशियालीमा दीप प्रज्ज्वलन गरिएको बताए ।
उनले हामी सुदुरपश्चिम बासिको बर्षौदेखिको एउटा माग पुरा भएको बताउदै अबको माग छिट्टै एमबिबिएसको पढाइ सुचारु गर्नु रहेको बताए ।
आज सदनमा शिक्षामन्त्री रघुजी पन्तले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।













