कैलाली । आज १२ बजे सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सकारका मुख्यमन्त्री कमलबहादुर शाह मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाउने तयारी गरेको हो ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आगामी आ. ब. मा उचित बजेट बिनियोजन , तत्काल पधादिकारी नियुक्ति र चिकित्सा शिक्षा संचालनको सुनिश्चितता गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय आगोले निशाना न्युजलाई जानकारी दिए ।














