धनगढी । नेपाल सरकारले सुनचाँदी व्यवसायमा अनावश्यक कर लगाएको भन्दै सुनचाँदी व्यवसायीका विभिन्न संघसंस्थाले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश,सुनचाँदी रत्न तथा आभुषण महासंघ सुदूरपश्चिम प्रदेश र सुनचाँदी व्यवसाय संघ कैलालीले सँयुक्तरुपमा प्रजिअ गोगनबहादुर हमाललाई ज्ञापनपत्र बुझाएका हुन ।
सुनचाँदी व्यवसायमाथि नेपाल सरकारले लगाएको बिलासिताको कर र १३% भ्याटको विरोध स्वरुप जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले बताए ।
ज्ञापनपत्रमा विभिन्न मागहरु राखिएका छन । ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सुनचाँदी व्यवसाय संघ कैलालीका अध्यक्ष यदु सुनार,नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछाने,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सुदूरपश्चिम प्रदेशका सभापति कमलप्रसाद सोवलगायतको उपस्थिति रहेको थियो ।
यस्ता छन मागहरू














