धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा मङ्गलबारदेखि सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा पहिलो दिन १२५ जनाले सेवा लिएका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा निःशुल्क शिविर सञ्चालन भएको हो ।
शिविरमा ओपीडी सेवासमेत सञ्चालन भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए ।
शिबिरमा बाथरोग, अम्लपित्त (ग्यास्ट्रिक), कलेजो सम्बन्धी रोगहरु (जण्डिस), पेटसम्बन्धी रोग, स्त्री रोग, उच्च रक्तचाप, मधुमेह (सुगर), त्वक बिकार (छाला सम्बन्धी रोग, पिसाब सम्बन्धी रोगहरु, अर्श (पाइल्स), फिष्टुलालगायत समस्याहरुको उपचार तथा परामर्श हुने उनले बताए ।
उनका अनुसार शिविरमा निःशल्क ल्याब सेवा, निःशुल्क औषधी वितरण र योग परामर्श सेवा प्रदान भइरहेको छ । शिविर १४ गतेसम्म सञ्चालन हुनेछ ।













