• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

किसान सहकारीका कारण मासिक २५ हजार कमाउँदै राधा

  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने राधा चौधरी आजकाल कुखुरापालन व्यवसायमा व्यस्त हुन्छिन् । उनले स्थानीय जातका कुखुरापालन गरेकी छन् । आर्थिक अभावका कारण विभिन्न समस्या झेलेकी राधाले अहिले कुखुरापालनबाट राम्रै आम्दानी गर्ने गरेकी छन् । विभिन्न समस्याले नै आफूलाई व्यवसायी बनाएको उनी बताउँछिन् ।

उनले भनिन् ‘के गरौँ, कसो गरौँ, कामको खोजीमा भौतारिँदै थिए । आर्थिक अवस्था कमजोर थियो । छोरा स्कुल भर्ना गर्ने सम्मको भइसकेको थियो । पछि मैले सोच बनाए अरुकोमा काम खोज्नु भन्दा आफै संघर्ष गरेर सानो खोकाको व्यापारसँगै तरकारीखेती गर्नुपर्छ ।’

‘श्रीमान अन्य काम गर्नुहुन्थ्यो । छोराको भर्ना गर्ने समय पनि आइसकेको थियो । जसोतसो भर्ना गरियो । दिनभरी फुर्सद हुन थालेपछि खोकाको व्यापारले केही होला जस्तो लागेन्’ उनले भनिन् ‘माइतीबाट ३ हाँस र दिदीको घरबाट कुखुराको भालेपोथी,अन्य दुईवटा भालेपोथी गाउँवाट किनेर ल्याय,त्यसपछि हाँस र कुखुरा पाल्न थाले ।’

उनले भनिन् ‘पछि म किसान बहुउदेश्यीय सहकारी संस्था धनगढी शाखाको शेयर सदस्य भए । आफ्ना शेयर सदस्यलाई किसानले ऋण दिँदो रहेछ । मैले सोचे किसानबाट ऋण लिएर व्यापार बढाउनु पर्छ ।’

उनले भनिन् ‘पहिलो किस्ता ८० हजार ऋण लिए । कुखुराको खोर र खोकाको व्यापारमा लगानी गरे । दोस्रो किस्ता एक लाख लिए कुखुरा बढाए । तेस्रो किस्ता ५ लाख लिए त्यो लगानी पनि कुखुरामै लगाकी छु ।’

अहिले आफूसँग १ सय ६० वटा स्थानीय जताका कुखुरा र ५० वटा हाँस रहेको उनले बताइन् । उनले अगाडि थपिन् ‘प्रति कुखुरा ७५० मा बेच्ने गरेकी छु । हाँस ६५० मा बेच्छु । मासिक ४० हजार सम्मको कारोबार भइरहेको छ । २५ हजार जति बचत हुन्छ ।’

उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको बताइन् । किसान सहकारी संस्था नभइ दिएको भए यो अवस्थासम्म पुग्न नसकिने उनी बताउँछिन् । कुखुरापालन व्यवसायबाट भएको आम्दानीले सहकारीलाई मासिक २० हजार सावा र व्याजसहित तिर्ने गरेको उनको भनाइ छ ।
‘३ हजार ५ सय छोराको खुत्रुके र पेन्सन बचतमा जम्मा गर्छु । यो १६ बर्षे योजना हो । लगभग त्यसमा पनि ५ लाख जति बचत भएको होला’ उनले भनिन् ‘किसान सहकारीले दिएको यो खुशी मैले कहिल्यै पनि बिर्सन सक्दिनँ ।’

‘तपाई राम्रो गर्नसक्नु हुन्छ । यहाँबाट ऋण लिएर व्यापार बढाउनुहोस् भनेर किसान सहकारीबाट भन्नुभयो’ उनले भनिन् ‘सोही अनुसार मैले पनि ऋण लिएर व्यापार वढाउन तिर लागे । अहिले किसान हामी जस्ताको साथी नै बनेको छ ।’

किसानले सहकारीबाट पनि आफू सम्मानित भएको उनले बताइन् । उनले भनिन् ‘अहिले राम्रै भइरहेको छ । यो व्यवसायबाट बचत र ऋण तिर्नसम्मको भइरहेको छ । धेरै खुशी र सन्तुष्ट छु ।’

‘काम सानो ठुलो हुँदैन,काम जे पनि ठूलै हुन्छ’ उनले भनिन् ‘प्रगति गर्नु छ भने संघर्षसँगै सही कर्म गर्न आवश्यक छ । मसँग के थियो र ? माइती र दिदीको घरबाट ल्याएको कुखुरा पालन तिर लागेकी थिए । किसानको साथ पनि भयो । आफूुले राम्रो कर्मसँगै संघर्ष पनि गर्दे गएका कारण जीवन यापनमा सहज भएको छ ।’ कुखुरापालन व्यवसायलाई अझै बढाउने योजना रहेको उनले बताइन् ।

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.