धनगढी । कैलाली कारागारमा झडप हुँदा ४० बर्षिया भरत चौधरीको मृत्यु भएको छ । एक जना घाईतेको सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचार भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले निशाना न्युजलाई जानकारी दिए । शुक्रबार राती कैदीबन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका – ४ बस्ने चौधरीको मृत्यु भएको उनले बताए । ४७ जना घाइते छन् उनले भने सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइृरहेको छ ।
मृतक चौधरी लागुऔषध मुद्दामा कारागारमा थिए । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
कैलाली कारागारमा केही दिनदेखि कैदीबन्दीबीच झडप भइरहेको थियो । यसक्रममा बिहीबार राति पनि झडप भएको थियो ।
घटनाको छानबिनका लागी पाँच सदस्यीय टोली गठन गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको उनले बताए ।















