धनगढी । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
उक्त झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टराई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो ।
शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।













