धनगढी । कारागार घटनापछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक,सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा,कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल,अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरू छन् ।
शुक्रबार राति कैलाली कारागारमा कुटपिट हुँदा १ जानको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइते एक जनालाई शनिबार थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ ।
आज नै मानवअधिकार आयोगको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलको निरीक्षण गरिसकेको छ ।













