कञ्चनपुर । कञ्चनपुरमा एक गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।















