धनगढी । कैलाली कारागारको जेलर कारागार विभागले प्रकाश ढुङ्गानालाई पठाएको छ । केही दिन अगाडि कैदीबीच हिंसात्मक झडप भएपछि तत्कालीन जेलर वसन्त खत्रीको सरुवा भएको थियो ।
एक हप्ताका लागि कारागारको जेलरको रुपमा काज बिदामा जालन्धर भुसाल आएका थिए । उनको काज बिदा सकिएपछि कारागार विभागले ढुङ्गानालाई नयाँ जेलरको रुपमा पठाएको हो ।
जेलर ढुङ्गानाले आजदेखि कार्यभार सम्हालेको कारागार प्रशासनले जानकारी दिएको छ । गत शुक्रबार मध्यरातमा ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको ज्यान गएको थियो । घटनामा ४७ जना कैदीबन्दी घाइते भएका थिए । जसमध्ये तीन जनाको काठमाण्डौंमा उपचार भइरहेको छ ।















