धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सिद्रा माछा नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको भजनी नगरपालिका-८ खैराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.४८ हजार बराबरको सिद्रा माछा नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी उक्त माछा नियन्त्रणमा लिइ आवश्यक कार्य पूरा गरी स्थानीय तथा जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।















