धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशीको खुटिया नदीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीकाअनुसार जोशी आइतबार मध्याह्नदेखि सम्पर्कविहीन थिए । आइतबारदेखि नै दीपेन्द्र घर नफर्केपछि खोजी कार्य सुरु गरिएकोमा उनका साथीले नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको बताएका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बेपत्ता बालकका साथीले दिएको बयानको आधारमा दीपेन्द्रको शव खुटीया नदीमा भेटिएको हो ।















