• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

बर्दगोरियाले मुक्तकमैया पुनःस्थापना कार्यविधि बनाउँदै

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिमा रहेका मुक्त कमैयाहरूको समस्या हल गर्न मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यविधि बन्ने भएको छ । यसका लागि मङ्गलबार गाउँपालिकाले मुक्त कमैया समाज सँग समन्वय गरी छलफल सहित मस्यौदा समिति गठन गरेको छ ।

वडा नम्बर १ का वडा अध्यक्ष एवम् पालिकाका सामाजिक विकास संयोजक मिथुन गौतमको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति बनेको छ । समितिमा गाउँपालिकाका कानुन अधिकृत तपेन्द्र न्यौपाने सदस्य सचिव छन् भने सदस्यहरूमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, मुक्त कमैया समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रसाद चौधरी र पूर्व कमलरी फुलकुमारी कठरिया रहेका छन् ।

समितिले सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरी कार्यविधिको मस्यौदा तयार गर्नेछ । तयार मस्यौदालाई समितिले दफावार छलफलका लागि कार्यपालिकामा पठाउने छ भने छलफल पश्चात् कार्यपालिकाले कार्यविधि स्वीकृत गर्नेछ । यो कार्यविधि निर्माण भए बर्दगोरियामा रहेका मुक्त कमैयाहरूको समस्या समाधान गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको बुझाई छ ।

मुक्त कमैयाहरूका लागि आवास निर्माण, निःशुल्क शिक्षा, विभिन्न सीपमूलक तालिम तथा सरकारी अनुदान लगायतका कार्यहरू सञ्चालन गर्न कार्यविधिले सहजता ल्याउने उनको भनाइ छ ।

“पहिलो कुरा त सेवा सुविधा पाउन मुक्त कमैयाको पहिचान हुनु प¥यो । त्यो पहिचान भनेको परिचयपत्र हो । हाम्रो पालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय मुक्त कमैयाका घरपरिवार मध्ये करिब ३ सय घरपरिवार सँग अझै पनि परिचयपत्र छैन । परिचयपत्र नभई सरकारले सेवा सुविधा दिन मिल्दैन । उनीहरू हाम्रै दाजुभाइ हुन, कार्यविधि नहुँदा मुक्त कमैया पहिचान गर्न पनि समस्या भयो । यसकालागि मुक्त कमैया समाजसँग सहकार्य गरेर काम अघि बढाएका छौ”, अध्यक्ष कुँवरले भने ।

कार्यविधि निर्माणमा मुक्त कमैया पहिचानको सवाललाई गम्भीर रूपमा उठाइने छ । धेरै मुक्त कमैयाहरूले परिचयपत्र नपाएकै कारण सेवाबाट वञ्चित हुनु परेकाले कार्यविधिमा सबैभन्दा बढी मुक्त कमैया पहिचानका आधारहरू तय गरिने मस्यौदा समिति संयोजक मिथुन गौतमले बताए । उनका अनुसार पहिचानसँगै मुक्त कमैयाको जीविकोपार्जन सवाल, सीपमूलक तालिम तथा अनुदानको सवाल, सुरक्षित आवास निर्माणका सवालहरू पनि कार्यविधिको प्राथमिकतामा पर्नेछन् ।

बर्दगोरियामा वडा नम्बर ३ र ४ मा सबैभन्दा बढी मुक्त कमैयाहरूको बसोबास रहेको छ भने परिचयपत्र नपाउने समस्या वडा नम्बर ३ मा सबैभन्दा बढी छ । स्थानीय सरकारले कार्यविधि निर्माण गरे पश्चात् मुक्त कमैयाको पहिचान सँगै राज्यको सेवा सुविधामा पनि उनीहरूको पहुँच बढ्ने र उनीहरूको जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.