धनगढी । डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजाली रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालाय धनगढीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटि गएको प्रहरी गस्ती टोलीले आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजाली र गगन बोहरा बोहराको घर कोठा खानतलासी गर्दा दुबै जनाको घर कोठाबाट १/१ नाल गरी २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुकसहित सिजालीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
बोहरा फरार रहेकोले निजको खोजतलास भइरहेको तथा सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।















