• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आएका छन्। दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।

रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका छन् । समितिले अवलोकन भ्रमण, आधारभूत तालिमसँगै दुनाटपरी बनाउने मेसिन र डाई खरिदका लागि करिब सात लाख सहयोग गरेको छ ।

दुनाटपरी बनाउन आवश्यक कच्चापदार्थ सालका पातका लाफा ९सालका पातलाई एक आपसमा गाँस्ने कार्य० लालझाडीका स्थानीय बासिन्दाबाट खरिद गर्दै आएको राना बताउँछन् । उनका अनुसार एउटा लाफाको मूल्य ५० पैसा देखि २ रुपैयाँसम्म पर्छ । केही सालका पात नागेश्वर सामुदायिक वनबाट सङ्कलन गरी ल्याइने गरिएको उनले बताए ।

मासिक रुपमा ४० हजार बराबरका लाफा मात्रै खरिद हुने गरेका छन् । “पातका तयार गरिएका लाफा तथा पात ल्याएर सुकाइन्छ,” रानाले भने, “त्यसपछि मेसिनमा राखेर आवश्यकताअनुसारका दुनाटपरी तयार गर्दै आएका छौंँ ।”

बनाइएका दुनाटपरी एक रुपैयाँदेखि पाँच रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । रानाले पाँच प्रकारका दुनाटपरी उत्पादन गर्ने गरेको बताए । विवाह, व्रतबन्ध, पूजाआजाजस्ता धार्मिक तथा सांस्कृतिक काममा दुनाटपरीको माग बढी हुन्छ, भने अन्य समयमा अलि कम हुन्छ । दुनाटपरी प्रायः ५० वा १०० को प्याकेटमा तयार गरेर बजारमा पु¥याइन्छ ।

“महिनामा खर्च कटाएर रु ३० हजार जति कमाइ हुन्छ,” उनले भने, “माग धेरै भए पनि पात अभावका कारण उत्पादन बढाउन सकिएको छैन ।” सामुदायिक वनले चाहेजति पात सङ्कलन गर्न अनुमति नदिँदा उत्पादन सीमित मात्रामा हुने गरेको उनी बताउँछन् । रानाले बनाएका दुनाटपरी महेन्द्रनगर, धनगढी, डडेल्धुरा र अत्तरियासम्म बिक्री हुने गर्छ ।

त्यस्तै, स्थानीय पूजा सामग्री बेच्ने व्यवसायीलेसमेत ठूलो मात्रामा खरिद गर्ने गरेका छन । “पोखरा र काठमाडौँसम्मबाट समेत दुनाटपरीको अर्डर आएको थिया”। उनले भने, “तर कच्चापदार्थ अभावले पठाउन सकेनौंँ ।” राना आफ्नै घरमा मेसिन प्रयोग गरेर दुनाटपरी तयार गर्छन् । तयार भएको दुनाटपरी बजारसम्म पु¥याउने, पात र लाफा खरिद गर्ने काममा उनका श्रीमान् रतनलाल रानाले सहयोग गर्छन् ।

“उद्योगलाई अझ विस्तार गर्न सकिन्छ, तर कच्चापदार्थकै समस्या छ,” रतनलालले भने, “सामुदायिक वनसँग निरन्तर समन्वय गरेर आवश्यक पात उपलब्ध गराउने प्रयास भइरहेको छ ।”दुनाटपरी उत्पादन व्यवसायका अवसर धेरै भए पनि कच्चापदार्थ अभावले ठूलो चुनौती बनिरहेको उनी बताउँछन् । यदि उत्पादन बढाउन सकिने अवस्था बनेमा पात सङ्कलन गर्ने, लाफा तयार गर्ने र सिन्का बनाउने स्थानीयलाई रोजगारी दिन सकिने उनको भनाइ छ ।

“दुनाटपरीलाई प्लास्टिकको विकल्पका रूपमा प्रयोग गरिनुपर्छ” सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हबलदार चौधरीले भने, “स्थानीय तहले प्लास्टिकयुक्त प्लेट लगायतका वस्तुको निषेध गरी वातावरण मैत्री दुनाटपरीलाई प्रवद्र्धन गर्न आवश्यक छ ।”प्लास्टिकमुक्त क्षेत्र घोषणा भए दुनाटपरी उद्योगलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै उनले वातावरण स्वच्छ हुने मात्र नभएर स्थानीयलाई रोजगारी दिन सकिने बताए ।

समितिले दातृ निकायसँग समन्वय गरी उद्योगलाई थप व्यवस्थापन गर्न सहयोग जुटाउने प्रयास गरिरहेको उनको भनाइ रहेको छ । उनका अनुसार सामुदायिक वनसँग पात सङ्कलनमा सहजता ल्याउन सहमति भएको छ । रासस

सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.