धनगढी । कैलालीमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी र भजनी नगरपालिका–७ हिक्मतपुरस्थित जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु २ लाख २७ हजार ७४० बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका मोवाइल कभर, बिडी,सुर्ती, ४ थान साइकललगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।













