कैलाली । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढीले विपन्न बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यले ६० करोड २९ लाख २५ हजार मूल्यको रकम प्रवाह गरेको छ ।
दुई हजार ९ सय १६ जना लक्षित युवायुवतीलाई स्वरोजगार बनाउने उदेश्यले कोषको छनौटमा परेका सुदूरपश्चिमका ९ वटै जिल्लाका ९९ वटा सहकारी मार्फत सो रकम प्रवाह गरेको हो ।
लगानी रकममध्ये हालसम्म कोषले व्याज असुल आम्दानी रु ११ करोड ४७ लाख ९६ हजार ३२४ गरिसकेको कोषका सुदूरपश्चिम प्रदेश उपकार्यकारी निर्देशक तथा सूचना अधिकारी पविन्द्र शाहीले निशाना नयुजलाई जानकारी दिए ।
उनले संचालक समितिबाट स्वीकृत रकम ६१ करोड ८८ लाख २५ हजार भएकोमा प्रवाह रकम ६० करोड २९ लाख २५ हजार रहेको बताए । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३७ पालिकामा संचालन भइरहेको उनले बताए ।
हरेक ३ महिनामा सहकारीले कारोबारको प्रतिवेदन कोषमा पेस गर्नु पर्ने प्रावधान रहेको उनले बताए । उनले भने ‘एक जना बेरोजगार व्यक्तिले व्यवसाय गर्न ३ लाख सम्मको रकम लिन पाउने व्यवस्था । पहिलो किस्ता ५० प्रतिशत पाउछन । त्यसपछि सदुपयोगिता प्रतिवेदन,फिल्ड अनुगमन भेरीफाई पछि दोस्रो किस्ता उपलब्ध गराइने गरेको छ ।’
उनले भने ‘ऋण रकमको अवधि ५ बर्षको हुन्छ । सहकारीले प्रवाह भएको रकमको १ प्रतिशत व्याज कोषलाई दिन्छ । सहकारीले बरोजगार युवायुवतीलाई ऋण रकमबाट ५ प्रतिशत ब्याज लिने गरेको छ ।’ कर्जा दुरुपयोग भएका ७८ जनाको रकम फिर्ता भएको र ४४ जनाको लगानी फिर्ता असुल भएको उनले बताए ।
अहिले दुईहजार सात सय ९४ जनामा लगानी गरिएको उनले बताए । व्यवसायीक खेती गरेका एक हजार ३३९,ईलेक्ट्रोनिक्स/ईलेक्ट्रिकल २०७,साना तथा घरेलु व्यवसायमा २२५, परम्परागत सीप स्थानीय स्रोत साधन प्रयोगमा ११ र स्थानीय बजारमा प्रचलन रहेका व्यवसाय गरेका एक हजार १२ जनामा सो रकम लगानी भएको उनले बताए ।
कोषको स्थापना २०७७ माघ १ गते भएको र २०७९ पुस १२ गतेबाट संचालनमा आएको उनले बताए । कोष संचालनमा आइसकेपछि १ हजार ५५५ जनालाइ सचेतनाका कार्यक्रम गरिएको र व्यवसायमुलक तालिम लिएका ८८३ जना रहेको उनको भनाइ छ ।
गत आर्थिक बर्षमा कोषले व्यवसायिक बाख्रापालनका लागि ३०, अचार बनाउने ३०,फाष्टफुड सम्बन्धिको तालिम २९ जनालाई दिएको उनले बताए ।
त्यस्तै, बंगुरपालनका ३० र फोटो/ भिडियो ग्राफीका २४ व्यवसाय सचेतना तथा व्यवसाय सुरु तालिम ३४ जनालाई र धनगढी उपमहानगरपालिकाले संचालन गरेको स्वरोजगार मेलामा मोटरसाइकल मर्मत ३६, मोटरसाइकल मर्मत २२ जनालाई,ईलेक्ट्रिकल गाडी मर्मत सम्बन्धि २५ जनालाई तालिम दिएको उनको भनाइ छ ।













