• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता

  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्याउने गरेको छ ।

खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो । आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर हात्तीको बथान भाग्दैन । पेटभर टन्न खाएर मात्रै हात्ती निकुञ्ज र त्यस आसपासका वन क्षेत्रमा फर्कने गर्दछन ।

पुनः साँझ नपर्दै हात्तीको बथान खेतमा छिर्ने गरेका छन् । यो क्रम बाली नभित्र्याउँदासम्म चलिरहन्छ । जसबाट मानवीय क्षति, भौतिक क्षति हुनसक्ने सम्भावना उत्तिकै प्रवल बन्दै गएको हात्ती प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

पुराना परम्परागत तरिकाले हात्ती भगाउन सकिने अवस्था नरहेपछि स्थानिय किसान हात्ती भगाउने विकल्पको खोजीमा रहेका छन् । सामुदायिक वन राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव तथा वन्यजन्तुका जानकार पुनाराम चौधरीका अनुसार हात्ती प्रवेश गर्ने क्षेत्रमा माहुरीपालन उत्तम विकल्प हुन सक्दछ ।

“माहुरी भएको ठाउँ नजिकै हात्तीनै आउँदैन”, उनले भने, “माहुरीको भुनभुन आवाज हात्तीलाई पटक्कै मन पर्दैन त्यै भएर नजिकै आउँदैनन् ।” लालझाडी गाउँपालिका४ डाँडाजाइँस्थित कञ्चन सामुदायिक वनमा यसको प्रयोगलार्ई सफलतापूर्वक लागू गरिएको उनको भनाइ रहेको छ ।

पहिले नियमित रूपमा हात्ती प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्ती त्यस बाटो प्रयोग गर्न छाडेको उनले बताए । “दशकअघि गरिएको यो प्रयोग सफल भएको थियो”, उनले भने, “स्थानीय समुदायलले यसलाई निरन्तरता दिएनन, पुनः हात्तीको समस्या झेल्न बाध्य छन् ।”

“माहुरीपालनले हात्ती भगाउन मात्र होइन, स्थानीय बासिन्दाले माहुरीको मह बेचेर आयआर्जनमा ठूलो सहयोग पुग्छ”, चौधरीले भने, “त्यसैले यो उपायलाई विस्तार गर्नुपर्छ ।” उनका अनुसार, नेपाल–भारत वन्यजन्तुसम्बन्धी भारतीय समुदायबीच भएको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोविल र तमाखुको मिश्रण गरी डोरीलाई तावरका रुपमा प्रयोग गर्ने सुझाव आएको थियो ।

विसं २०७४ तिर भारतीय समुदायसँग छलफलपछि सो उपायलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा परीक्षण गरिएको थियो ।

“जुटको डोरीमा खुर्सानी, मोविल र तमाखुको मिश्रण दल्यौँ, त्यसलाई तारबारझै तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौँ”, चौधरीले सम्झिए, “त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो ।” हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको र हात्तीले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताए । मिश्रणको गन्ध टाढासम्म पुग्ने र डोरीमा हात्तीले शरीर छुँदा पोल्ने भएकाले हात्ती नजिक आउनै डराउने गरेको पाइएको उनले उल्लेख गरे ।

तेस्रो विकल्पका रूपमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्न सकिन्छ । मिन्था, क्यामामाइललगायतका जडीबुटी खेतीले हात्तीलाई टाढा राख्ने मात्र होइन, किसानलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ । तर, यसको लागि बजारको स्थायी व्यवस्थापन आवश्यक रहेको छ ।

“विगतमा दातृ निकायको सहयोगमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीसँगै प्रशोधन गर्ने मेसिनसम्म जडान गरेर दिएका थिए”, सुनदेवी उपभोक्ता समितिका हवल्दार चौधरीले भने, “बजार नपाएपछि किसानले खेती गर्ननै छाडेका छन्, मेसिन खिया लागेर थन्किएका छन् ।”

हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानका लागि चुनौती बनेको छ । तर, माहुरीपालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न सकिए हात्तीलाई सहजै खेतबारीबाट टाढा राख्न सकिने देखिएको छ । यसले किसानको बाली पनि जोगाउनेछ, । उनीहरूको आयआर्जन बढाउनेछ र मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विज्ञहरूको भनाइ छ । रासस

  • जङ्गली हात्तीका
आइतबार, असोज १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.