• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

  •   आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित

दार्चुला । यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेका हुन् ।

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएका हुन् । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

“अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भने, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ भित्र्याउनुभयो ।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ ।

उनका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरूले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था थियो । उनले भने, “अब महिलाहरूका लागि सहजरूपमा उपचार लिन सकिने भएको छ, स्त्रीरोग विशेषज्ञ आएको बारेमा जानकारी सबैतिर गर्नु जरुरी छ, भारतका विभिन्न ठाउँमा जाने बिरामीलाई अब जिल्ला अस्पतालमै सबै सेवा उपलब्ध रहेको जानकारी जरुरी छ ।”

जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । “म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौंँ”, उनले भने, “आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।”

आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।” यसअघि डा भट्टराई कर्णालीमा सेवा गरेर आएका हुन्। “मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो”, उनले भने, “तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।”

अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताए ।

“अब महिलाले कुनै पनि रोग लुकाएर बस्नुपर्ने छैन, सहजै जिल्ला अस्पतालमै उपचार पाउन सक्नेछन्”, उनले भने । डा शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दी लगायतका स्थानमा काम गरिसक्नुभएको छ । “दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु मेरा लागि गर्वको कुरा हो”, शाहीले भने, “यहाँका महिलालाई सकेसम्म बढी स्वास्थ्य सेवा दिन चाहन्छु ।” अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् ।

कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा ९अर्थोपेडिक० विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् ।

अस्पतालमा भौतिक पूर्वाधारको अभाव भए पनि हालको संरचनालाई व्यवस्थित गरेर सेवा प्रदान गर्ने काम भइरहेको डा भट्टराई बताउँछन् । उनका अनुसार नयाँ अस्पताल भवन निर्माणमा ढिलाइ भएकाले अहिले पुरानो भवनमै व्यवस्थापन गरेर सेवा चुस्त र प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

दुर्गम क्षेत्रमा सबै चिकित्सक आउन नचाहे पनि उनहरुलाई प्रोत्साहन गरेर ल्याउने काम भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । अहिले जिल्ला अस्पतालमा छात्रवृत्ति करार, प्रदेश करार र ‘निकसाइमन’को सहयोगमा चिकित्सकहरू कार्यरत छन् । अस्पतालमा अहिले तीन अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा छन् । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार यही कात्तिक ३ देखि ७ गतेसम्मको अवधिमा मात्र १५१ जनाले उपचार सेवा लिएका छन् । “तिहारको बिदाका समयमा पनि बिरामीको सङ्ख्या घटेन”, उनले भने, “विशेषज्ञ डाक्टर आएपछि बिरामीको आगमन पनि बढेको छ ।”

यसअघि दशैंँ अवधिमा ३९२ जनाले उपचार गराएका थिए । अहिले तीन विशेषज्ञ चिकित्सक भएपछि भारततर्फबाटसमेत बिरामी आउने क्रम सुरु भएको सूचना अधिकारी भट्टले बताए ।

उनले भने, “यदि महिला विशेषज्ञ र एमडिजिपी चिकित्सक कार्यरत रहेको बारेमा अझ प्रचारप्रसार गर्न सकियो भने ग्रामीण भेगका बिरामी पनि थप आउने सम्भावना छ, धेरैलाई जिल्लामै विशेषज्ञ चिकित्सक कार्यरत भएको जानकारी नहुँदा बाहिर जानुपरेको छ ।” यहाँका बिरामी भारतको हल्द्वानी, पिथौरागढ र धारचुलाका मेडिकल तथा अस्पतालमा उपचारका लागि जाने गर्छन् । रासस

आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.