काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९ सयले बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५ सय कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।














