धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले लोकतन्त्रलाई सही बाटोमा ल्याउन आगामी फागुन २१ को निर्वाचन सम्पन्न हुनुपर्ने बताए
लोटस आई स्कुल अत्तरियाले आयोजना गरेको लोटस आई मोडेल संसद तथा नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले फागुन २१ को निर्वाचन सफल पार्नुपर्ने बताए ।
उनले गत भदौ २३ गते सुशासन,भ्रष्टाचारको अन्त्य,सामाजिक न्याय सहितको समाजवाद,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता मागहरु उठाएर जेनजी आन्दोलन भएको बताए ।
त्यस्को प्रतिशोधमा २४ गते घटेका घटनाले देशमा केही अन्योलता ल्याएको उनले बताए ।
उनले भने ‘अहिले विद्यार्थी,व्यवसायी, उद्योगीलगायत सबैमा एउटा वितृष्णा पैदा भएको छ । त्यसलाई निकास दिन जेनजी आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न हुनुपर्छ ।’
उनले आगामी निर्वाचनलाई सफल पार्न सबैमा आग्रह समेत गरे ।















