धनगढी । कैलाली र कंच्नपुरवाट भन्सार छलीका सामान प्रहरीले बरामत गरेको छ । शुक्रबार कैलालीको लम्कीचुहा १ पुर्बलम्की स्थित माछापुछ्रे बैङक नजिक र कंचनपुरको दोधारा चाँदनी ९ बुद्धबिहार स्थित भित्रि सडकबाटबाट छलीका सामान प्रहरीले बरामत गरेको हो ।
सो स्थानहरुबाट एक लाख १९ हजार ६०० मुल्य पर्ने चिनी, सुर्ती गहुँको विउ, हरियाली मल लगायतका समानहरु प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।















