धनगढी । कञ्चनपुरका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोधरा चाँदनी नगरपालिका–९ शान्तीटोल बस्ने २५ वर्षीय प्रकाश साउँद रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको २०७७ असोज १५ गतेको फैसलाले चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएपछि फरार रहेका साउँदलाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।













