धनगढी । कैलालीमा एक हप्तामा १ सय ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
यही मङ्सिर १ गतेदेखि ७ गतेसम्म प्रहरीले सञ्चालन गरेको सर्च तथा स्वीप अपरेसनबाट १ सय ४९ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट गरिएको सर्च तथा स्वीप अपरेसनबाट सो प्रतिवादीहरु पक्राउ परेको हुन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका फरार उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













