धनगढी । कैलालीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको चुरे गाउँपालिका–६ बुङगा बस्ने ३६ वर्षीया निर्मलादेवी थापाको रुखबाट लडेर मृत्यु भएको हो।
घर नजिकै जंगलमा स्याउला काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थापाको उपचारको लागि अत्तरिया अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।













