धनगढी । डडेल्धुरामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका–४ बस्ने ४२ वर्षीय लालसिंह भाट रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले जातीय विभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको जनाइएको छ।















