धनगढी । कोशिश परियोजनाले यस वर्षको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष झैं यस वर्ष पनि कोसिसले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा धनगढी उपमहानरपालिकाका वडा अध्यक्षहरु लगायत सरकारी तथा गैर सरकारि निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा सामाजिक परीक्षक थानेश्वर कोइरालाले सहजीकरण गरेका थिए । चार वर्ष अघिदेखि धनगढी उपमहानगरका सम्पूर्ण वडामा कोशिशले परियोजना सञ्चालन गरेको थियो । परियोजनाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गरी सचेतना र क्षमता विकासमा पैरवी गर्दै आएको थियो।
परियोजना लागू भएपछि धनगढी उपमहानगरपालिमा २०० भन्दाबढी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान भएको वरिष्ठ परियोजना प्रमुख बसन्ती शाहीले बताइन् । सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले यो परियोजना निकै लाभदायी र फलदायी रहेकोले निरन्तरतामा जोड दिए। कार्यक्रम धनगढी उपनगरपालिका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टको अध्यक्षतामा भएको थियो।















