धनगढी । अछाममा एकजना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको मंगलसेन नगरपालिका–१० जुपूस्थित सिलवडा बस्ने १८ वर्षीय निलेश दमाई सिलवडा कैलाशखोलाको कच्ची सडक खण्डमा मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















