• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

धनगढीमा प्रभावकारी बन्दै निःशुल्क शव चिस्यान सेवा, दुई वर्षमा ५५६ परिवारले लिए सेवा

  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रुपमा शव चिस्यान (फ्रिजिङ)सेवा उपलब्ध गराउँदै आएको छ । यो उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा हालसम्म ५५६ परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ ।

२०८० मंसिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५५६ वटा शव सुरक्षित राख्न शव चिस्यान मेसिनको सहयोग पु¥याएको जनाएको छ । घरमा कसैको मृत्यु हुँदा विदेश वा टाढा रहेका परिवारजन तथा इस्टमित्र अन्तिम संस्कारका लागि आइपुगुन्जेल शवलाई सुरक्षित राख्न उपमहानगरले यो सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकको अन्तिम पटक अनुहार हेर्न पाउन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए । ‘आमा बुबालाई सुख दिन्छु भनेर विदेश गएका छोरा छोरीले बुबाआमाको अनुहार पनि हेर्न पाउँदैनन् । मृत्युलाई टार्न नसकेपनि अन्तिम पटक भएपनि अनुहार हेर्न पाउन् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ,’ उनले भने ।

मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी, ५३ नम्बर टोलका जंग चौधरीको मृत्यु भएपछि उनका आफन्तहरू कामविशेषले घरबाट टाढा रहेकोले नगर प्रहरीले घरमै चिस्यान उपकरण उपलब्ध गराएको थियो ।

आफन्तजन दुई दिनपछि आएपछि मृतकको दाहसंस्कार गरियो । उपमहानगरको शव चिस्यान उपकरणले जंगको शव घरमै सुरक्षित राख्न धेरै सहज भएको स्थानीयले बताए । उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।

उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रको सेवा लिनेहरूको संख्या बढ्दै गएको जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि नगद पाँच हजार रुपैयाँसमेत दिने गरेको छ ।

यसरी लिन सकिन्छ सेवा

उपमहानगरले सेवा प्रवाहका लागि २४सै घण्टा नगर प्रहरी परिचालन गरेको छ । नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० तथा ०९१–५९०६९० मा सम्पर्क गरेर जानकारी गराउन सक्छन् ।

जानकारी प्राप्त हुनासाथ नगर प्रहरीले सानो ट्रकमार्फत शव चिस्यान मसिन सम्बन्धित घरसम्म पु¥याई जडान गरिदिने व्यवस्था छ । दाहसंस्कार सम्पन्न भएपछि प्रहरीले नै मसिन फिर्ता ल्याउने गरेका छन् ।

चिस्यान सेवाका अलावा उपमहानगरले शववाहनमार्फत घाटसम्म शव पु¥याउने, स्थायी बासिन्दालाई पाँच हजार रुपैयाँ काजक्रिया खर्च दिने र मृतकलाई सलामी अर्पण गर्ने कार्य समेत गर्दै आएको छ । हालसम्म नगर प्रहरीले ६५४ शवलाई घाटसम्म पु¥याइसकेको छ ।

सुरुवातमा दुई वटा मेसिनबाट थालिएको यो सेवा हाल ६ वटा मसिनमार्फत उपमहानगरका १९ वटै वडामा विस्तार गरिएको छ । ८५ जनाको नगर प्रहरी टोलीले तीन सिफ्टमा खटिएर ‘हर घडी नगर प्रहरी’ नारासहित सेवा प्रवाह गरिरहेको धनगढी नगर प्रहरी बलले जनाएको छ ।

  • परिवारले लिए सेवा
आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.