कैलाली । ३८ ओ विश्व एड्स दिवसको अवसरमा संचारकर्मीहरु अन्तरकृया गरिएको छ । आईतबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको आयोजनामा धनगढीमा अन्तरकृया कार्यक्रम गरिएको हो ।
निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका फोकल पर्सन मनोज ओझाले एचआईभिको अबस्था चुनौती र राज्यले गरिरहेका प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म उपचारमा रहेका एचआईभि संक्रमितको संख्या ३७ सय ३० रहेको बताईएको छ । बिगत ५ बर्षमा सुदूरपश्चिम प्रदेशमा ३ सय ५२ जना एचआईभि संक्रमितको मृत्यु भएको छ ।
कार्यक्रममा संचारकर्मीका जिज्ञासामा निर्देशक डाक्टर खगेन्द्र बम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुवँर लगायतले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले संचारकर्मीको सचेतना फैलाउनमा महत्वपुर्ण भुमिका रहेकाले सकृयता पुर्वक कलम चलाउन आग्रह गर्नुभयो ।
३८ ओ विश्व एड्स दिवसको अवसरमा संचारकर्मीहरु अन्तरकृया
३८ ओ विश्व एड्स दिवसको अवसरमा संचारकर्मीहरु अन्तरकृया
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













