• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिला व्यावसायिक रुपमा भैंसीपालन गरेर गतिलो आम्दानी लिन सफल भएका छन् । फुलबारीकी उर्मिला घलेसँग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा अर्को आफैंले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् ।
भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी रु. झण्डै २० हजार हुन्छ । विगतमा गृहणीकारुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् ।
उनले फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६ जना महिलालाई समुहमार्फत भैंसीपालनका लागि सहयोग गरिएको हो ।


उन्नत जातका भैंसी खरिद गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत स्टार्टप अनुदान मार्फत रु. २५ लाख ५५ हजार ५०० र समुहबाट २४ लाख ४४ हजार ५०० गरी रु. ५१ लाखको समुहको खातमा जम्मा गरिएको उनले बताइन् ।

समुहमा आवद्ध १६ जना महिलाहरुले उन्नत जातको भैंसी खरिद गरी ल्याएको सो समुहकी सचिव उर्मिलाले बताइन् । ‘‘एक भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, उर्मिला भन्छिन् ‘‘ भैँसीको साँझ बिहानको दैनिक १० लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’ उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउछिन् ।

सो अनुदान मार्फत १५ भैंसी र एक रागाबााट व्यवसाय शुरु गरेर यहाँका महिलाहरु आत्मनिर्भर भएको उनले बताईन् । पहिला आर्थिक अवस्था कमजोर हँुदा बालबालिकाको पढाई लेखाईमा समस्या थियो । अहिले भैंसीपालनबाट राम्रो जीवन स्तर सुधार हुँदै गएको उर्मिलाको भनाइ छ ।
पहिला काम केही थिएन उनले भनिन्– ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले तपाईहरु समुह बनाउनुहोस् हामी सहयोग गर्छु भनेपछि समुह निर्माण गरेपछि ५० प्रतिशत अनुदानमा भैंसी खरिद गरिएको उर्मिलाको भनाई छ ।

५ जनाको गोठ निर्माण र ११ जनाको सुधारिएको गोठ निर्माण समेत गरिएको छ । सो समुहकी अध्यक्ष दुर्गा कुमारी बुढा तामाङले अहिले भैंसीपालनमा व्यस्थ रहेको बताउँदै भैंसीको दुध विक्रीबाट सबै खर्च टार्ने गरेको बताइन् । उनले एक लिटर दुधलाई ६५ रुपैयाँमा बेच्ने गरेको बताउँदै मासिक रु. १९ हजार ५०० बचत गर्दै आएको उनको भनाइ छ ।

‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, तामाङले भनिन्, ‘‘भैँसीले दूध दिन छोडेमा फुलबारीमा रहेको डेरीमा लगेर बेच्छु, म सन्तुष्ट छु ।’’
भैँसीपालन उक्त समुहमा आवद्ध गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । आयोजनाको अनुदानमा घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् ।
भैंसीपालन गर्दै आएका महिलाले सात महिनामा दैनिक १० लिटर र त्यसपछिका महिनामा ५ लिटर बेच्दै आएका छन् । दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ, तामाङ भन्छिन्, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’ घरखर्चका लागि श्रीमानसँग माग्नु नपर्ने उनले बताइन् ।
बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण दुध विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ । समुहमा आवद्ध महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । रु. एक लाख ५० हजारको लागतमा खरिद गरेर ल्याएको भैंसीको रकम पनि असुल भइसकेको उनीहरुको भनाइ छ ।

समुहकी सदस्य लिला लामा तामाङले सात महिनासम्म दुध विक्रीबाट रु. २० हजार कमार घरबार चलाएको बताउँछिन् । उनले भैंसीको दुध विक्री गरे गोठ सुधारका साथै छोरीलाई पार्लर सिकाउँदै छिन् । श्रीमानको मृत्यु भएपछि घर खर्च चलाउन धौं–धौं थियो । अनुदानमा भैंसी किनेपछि जीवन निर्बाह गर्न सहज भइरहेको उनको भनाइ छ ।

मासिक आम्दानीको केही अंश घरखर्च र केही बचत गर्ने गरेका छन् । भैँसी खरिदको लागि अनुदान उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो ।
सो समुहमा आवद्ध महिलाहरुले व्यावसायिक रुपमा भैंसीपालन गरेर आम्दानी गर्न थालेपछि छिमेकीहरु पनि त्यसको सिको गर्न थालेको समूहकी सचिव उर्मिलाले बताइन् ।

 

  • भैँसीपालन
बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.