धनगढी । प्रहरीले कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क, २ नम्वर गल्ली र वडा नं –१० सुकासालबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ६८ हजार ३५४ मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्यका आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













