धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले मौसमजन्य विपद्को पूर्वतयारीमा प्रदेश सरकारले लागेको बताएका छन् ।
जल तथा मौसम विज्ञान कार्यालयले धनगढीमा आज आयोजना गरेको मनसुनको समीक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मौसम पूर्वानुमानका आधारका मन्त्रालयले मौसमजन्य विपदको पूर्वतयारी गर्दै आएको बताउँदै उनले हिउँदे प्रकोपका लागि मन्त्रालय सबै सम्वद्ध संघसंस्थाले लाग्नुपर्ने बताए ।
अहिले चिसोका समय आएकाले जेष्ठ नागरिक,बालबालिका तथा विपन्न नागरिकलाई चिसोबाट जोगाउन सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए ।
उनले भने ‘विगतमा पनि सबै संघसंस्थाले मौसमजन्य विपद्मा सहयोग गर्दै आएका छन् । फेरि पनि सहयोग गर्ने विश्वास लिएको छु ।’















