धनगढी । कैलालीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चुरे गाउँपालिका-६ ढुङगेनी बस्ने ४८ वर्षीय बलबहादुर साउद रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
साउद घर नजिकै जंगलमा रुखमा चढी स्याउला काटने क्रममा रुखबाट लडी गम्भीर घाइते भइ जंगलबाट घर ल्याउने क्रममा शनिबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।















