• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

बंगुरपालन व्यवसायबाट फेरिएको उर्मिलाको जीवन

"सानो लगानीबाट राम्रो आम्दानी गर्दै "
  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित

धनगढी । बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्दैछन् धनगढी-१४ फूलबारी एचगाँउकी उर्मिला घले । आर्थिक अवस्थाले निकै गुजुल्टिएको घलेको जीवनलाई बंगुरपालन व्यवसायले एका एक फेरि दिएको हो ।

भनिन्छ नि काम सानो ठूलो हुँदैन कठिन मेहनतले नै छोटो समयमा सफलता तिर पुर्‍याउँछ यस्तै भएको छ उर्मिला घलेलाई । ९ कक्षासम्म पढाइ गरेकी उनलाई आर्थिक अवस्थाले निकै गुजुल्टेको थियो ।

आर्थिक अवस्थाका कारण उनलाई के गरौँ कसो गरौँ भईरहेको थियो । २०६२ साल बैशाख १२ गते तिरको कुरा हो गरिवी निवारण कार्यक्रम अन्तरगत जिल्ला पशुसेवा कार्यालयको पैँचो कार्यक्रम लागु भइरहेको भन्ने कुरा सुनिन् । ‘सो कार्यक्रम अनुसार तालिममा भाग लिनुपर्छ भनियो त्यो कुरा श्रीमानलाई भने,श्रीमानले जाउ भनेपछि ५० जनाको समूहमा म पनि तालिमका लागि पोखरा गए’ उनले भनिन् ‘तालिमपछि आफ्नै समूह बनाएर पैँचो कार्यक्रम अन्तरगत एक बंगुर पाए ।’

पहिलो बर्षमै बंगुरबाट ८ पाठापाठी भएको र एउटा फिर्ता गरेर ७ वटा आफूसंगै राखेको उनले बताइन् । बंगुरपालन गर्नुपर्छ भन्ने लागेर आफूले बंगुरपालन व्यवसाय सुरु गरेको बताइन् ।

उनीसंग पटकपटक गरी बंगुरबाट १७ पाठापाठी भइसेका थिए । तालिम पछि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता भइसकेकी उनी पढाईसंगै बंगुरपालन व्यवसायमा निरन्तर लाग्दै गरेकी छन् ।

उनी बंगुरपालन व्यबसायबाट मात्रै मासिक राम्रो बचत गर्छन् । पढ्दै कमाउदैको सिद्धान्त बाकेकी उनले हाल प्रविणता प्रमाण पत्र तह पास गरी सकेकी छन् । उनले जेटीएको तालिमसंगै पढाई पनि गरेकी छन् । उनले आफ्नो सम्पूर्ण परिश्रम बंगुरपालनमा लगाइरहेकी छन् ।

‘मेहनतमा विश्वास गर्ने हो’ उनले भनिन् ‘बंगुरपालनबाट मात्रै विभिन्न स्थानमा १५ कठ्ठा जमिन खरिद गरिसकेकी छु ।’

विगतमा ५ जनाको परिवार पालनपोषण गर्न धौधौ हुने गरेकोमा अहिले एक छोरा दुई छोरीलाई बोडिङ्ग स्कुल पढाइरहेकी र श्रीमानको खर्च पनि यहीबाट धानिरहेको उनी सुनाउँछन् । अहिले घरमै किराना पसल,उर्मिला एग्रोभेट र वंगुरफर्मसंगै संचालन गरिरहेको उनले बताइन् ।

उनले भनिन् ‘अहिले फुर्सद नै हुन्न । जेटीए पनि पढाई गरेका कारण गाउँलेले पशु बिरामी हुँदा बोलाउँछन् ।’ गाँउमा बिरामी पशु हेर्ने,उपचार गर्ने उनको दिनचर्या जस्तै भएको छ ।

भैँसीपालनमा पनि सकृय

यती मात्र होइन उनले १६ जना महिलाको समूह निर्माण गरेर भैँसीपालन व्यवसायमा पनि सकृय भएकी छन् । उनीसंग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा पाएको र अर्को आफैले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् ।

भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी झण्डै रु २० हजार हुन्छ । विगतमा गृहणीकारुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् ।

उनले फूलबारी एचगाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समूह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना,आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६ जना महिलालाई समूहमार्फत भैँसीपालनका लागि सहयोग गरिएको हो ।

‘एक भैँसी पालेर घाँस खेती समेत गरेकी छु’, उनी भन्छिन् ‘ भैँसीको साँझ बिहानको दैनिक १० लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’ उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्टि दुवै प्राप्त हुने बताउँछिन् ।

सो अनुदान मार्फत १५ भैंसी र एक राँगाबाट व्यवसाय सुरु गरेर यहाँका महिलाहरु आत्मनिर्भर भएको उनले बताइन् ।

‘अहिले आर्थिक अभावको महसुस हुँदैन’ उनले भनिन् ‘विगतको पाठ सिकेर मेहनत गरिरहेकी छु पैँसा के हो ? महत्व के हुन्छ ? भन्ने कुरा आफूलाई राम्रैसंग थाहा भएको छ ।’

 

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.