धनगढी । कैलालीमा ३ सय ४२ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत प्रहरी कार्यालयले गत मंसिर महिनामा सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेसनमा उक्त फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए ।
पक्राउ परेका मध्य जिल्ला प्रहरी कार्यालयले २ सय ४,ईलाका प्रहरी कार्यालय टीकापुरले ३३ र ईलाका प्रहरी कार्यालय मालाखेतीले ३० जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय भजनीले २७, ईलाका प्रहरी कार्यालय लम्कीले २१,ईलाका प्रहरी कार्यालय सुखडले १६,ईलाका प्रहरी कार्यालय सडकपुरले ८ जना र ईलाका प्रहरी कार्यालय चिसापानीले ३ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको उनले जानकारी दिए ।















