धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ।
जिल्लाको घोडघोडी नगरपालिका–२ घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा सोही ठाउँको साडेपानी बस्ने ५७ वर्षीय भागीराम चौधरीले चलाएको म.प्र.०३–००१ क २९४१ नम्बरको सनराईज बोडिङ स्कुल बौनियाको बसले सोही बोडिङ स्कुलको कक्षा १ मा अध्यनरत सोही ठाउँ बस्ने ८ वर्षीय बालक गोबिन्द बिष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिष्टलाई स्कुल बिदा भई घरतर्फ छोड्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर टाढा पूर्व उत्तरमा बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















