धनगढी प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २८ हजार ८ सय मूल्य बराबरको प्याज, चिनी, सरप, सुटपिस, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
यस्तै,कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाबाट २१ हजार ८०० सय मूल्य बराबरको सल, सुटपिस, कुर्था सुरवाल, टि–सर्ट लगायतका सामान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













