• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

गौरीशंकर थारू भन्छन- ‘कृषि आधुनिकीकरणदेखि विद्युतीकरणसम्मका कामको सकारात्मक मूल्यांकन ले चुनाव जित्छु।

  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

धनगढी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरीशंकर थारू ले आफूले विगतमा इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै मतदाताले सकारात्मक मूल्यांकन गरिरहेको बताएका छन् ।
२०७० र २०७४ सालमा सांसद भइसकेका थारूले २०७४ मा एमालेबाट निर्वाचित भएपछि कैलाली क्षेत्र नम्बर ३ मा सडक, कल्भर्ट, पुल, तटबन्धन तथा विद्युत विस्तार जस्ता आधारभूत पूर्वाधारमा उल्लेखनीय पहल गरेको दाबी गरे।
प्रेस चौतारी कैलालीको आयोजनामा प्रेस चाैतारीसंग उम्मेदवार कार्यक्रममा थारूले भने -“म अहिले घरदैलो अभियानमा छु। मतदातासँग प्रत्यक्ष भेटघाट भइरहेको छ। मैले विगतका वर्षमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरेका कामका आधारमा मतदाता मप्रति सकारात्मक छन्। उहाँहरू खुशी हुनुहुन्छ। मैले इमान्दारीपूर्वक काम गरेकाले नै जनताले साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु।”
आफू नौ महिना कृषि मन्त्री रहँदा कृषि आधुनिकीकरण परियोजना अघि बढाएको स्मरण गर्दै थारूले भने- “कृषि हाम्रो क्षेत्रको मुख्य आधार हो। मैले मन्त्री हुँदा कृषि आधुनिकीकरण परियोजना ल्याएँ। अहिले ब्लक र पकेट क्षेत्रहरू सञ्चालनमा छन्। किसानहरूले प्रत्यक्ष लाभ पाएका छन्। कोल्ड स्टोर स्थापना भएको छ। उत्पादन भण्डारण र बजारीकरणमा सहजता आएको छ।”
उनले यस क्षेत्रमा पिठो उद्योग सञ्चालन हुन नसक्नु दुःखद पक्ष भएको उल्लेख गर्दै स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणसँग जोड्न थप पहल गर्ने प्रतिबद्धता जनाए।
“हामीले उत्पादन बढायौं, तर प्रशोधन उद्योग पर्याप्त रूपमा सञ्चालन हुन सकेनन्। यो क्षेत्रको कमजोरी हो। अब स्थानीय उद्योगलाई प्रवर्द्धन गरेर कृषिलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना छ,” उनले भने।
थारूका अनुसार २०७० अघि मुख्य राजमार्ग बाहेक ग्रामीण क्षेत्रमा विद्युत् विस्तार कमजोर अवस्थामा थियो। आफू सांसद बनेपछि व्यापक विद्युतीकरण गरिएको उनले बताए।
“पहिले मुख्य राजमार्ग आसपास मात्र विद्युत् थियो। गाउँ–गाउँमा अँध्यारो थियो। म सांसद भएपछि विद्युतीकरणको काम अघि बढ्यो। धेरै बस्तीमा बिजुली पुगेको छ,” उनले भने।
उनले झोलुङ्गे पुल निर्माण, नदी कटान रोक्न तटबन्धन, ग्राभेल सडक तथा कल्भर्ट निर्माणलाई आफ्नो कार्यकालको उपलब्धि बताए। “हामीले झोलुङ्गे पुल बनायौं, नदी कटान रोक्न तटबन्धन गर्‍यौं। धेरै ग्राभेल सडक र कल्भर्ट बने। दुर्गम बस्तीलाई जोड्ने काम भयो। अझै केही अधुरा काम छन्, ती पूरा गर्न प्रतिबद्ध छु,” थारूले भने।
थारूले विशेषगरी रानीजमरा–कुलरिया सिँचाइ आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए।
“रानीजमरा–कुलरिया सिँचाइ आयोजना यस क्षेत्रको जीवनरेखा हो। यसलाई प्रभावकारी रूपमा सुचारु गराउन म निरन्तर पहल गर्नेछु। किसानको खेतमा पानी पुगे मात्रै समृद्धि सम्भव छ,” उनले भने ।
साथै २०७९ पछि निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणका अधुरा योजनालाई अपेक्षित प्राथमिकता नदिएको उनको आरोप छ। “२०७४ मा निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गरे। तर २०७९ पछि निर्वाचित प्रतिनिधिबाट विकासका अधुरा योजना पूरा गर्न पर्याप्त ध्यान दिइएन। निरन्तरता नहुँदा जनताले दुःख पाएका छन्,” उनले भने।
थारूले कैलाली क्षेत्र नम्बर ३ भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासमा पनि जोड दिने बताएका छन्।
“हाम्रो क्षेत्रमा धार्मिक तथा पर्यटकीय सम्भावना धेरै छ। ती स्थानहरूको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ। यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र बलियो बनाउँछ,” उनले भने ।
आफ्नो राजनीतिक यात्रा जनताकै विश्वासमा आधारित रहेको उल्लेख गर्दै थारूले देशलाई अस्थिर बनाउने शक्तिप्रति सचेत रहन मतदातालाई आग्रह गरे। “यो देशलाई जलाउने, अस्थिरता फैलाउने नयाँ–नयाँ शक्तिहरू देखापरेका छन्। विकास र स्थायित्वका लागि अनुभवी नेतृत्व आवश्यक छ। मैले इमान्दारीपूर्वक काम गरेको छु, त्यसैले जनताले फेरि अवसर दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने।
उनले समृद्ध कैलाली र सुदूरपश्चिम निर्माणका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता दोहोर्‍याए।
कार्यक्रममा सहभागी पत्रकारहरूले विकास निर्माणको निरन्तरता, बजेट व्यवस्थापन, कृषि तथा पूर्वाधार योजनाको प्रभावकारिताबारे प्रश्न गरेका थिए। जवाफमा थारूले योजनाहरूलाई परिणाममुखी बनाउन संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।
“एक तहले सुरु गरेको योजना अर्को तहले निरन्तरता दिनुपर्छ। विकास राजनीतिभन्दा माथि हुनुपर्छ। जनताको आवश्यकता नै हाम्रो मार्गदर्शन हो,” उनले भने।
घरदैलो अभियानलाई तीव्रता दिँदै उनले भने “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।”

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.