• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

“सहकारीको साथ, संघर्षको जीतले भैंसीपालनबाट आत्मनिर्भर बनिन् लक्ष्मी ढुङ्गाल”

  •   शनिबार, चैत १५, २०८२ मा प्रकाशित

टंक कुंवर

कैलाली । जीवनमा एकपछि अर्को संकट आउँदा धेरैजसो मानिसहरू हार मान्न बाध्य हुन्छन्। तर कैलालीको धनगढी उपमहानगरपालिका–३ की लक्ष्मी ढुङ्गाल भने तीमध्ये पर्दिनन्, जसले कठिनाइलाई अवसरमा बदल्ने साहस गरिन्। श्रीमानको असमयमै मृत्यु, आर्थिक अभाव र पाँच जनाको परिवारको जिम्मेवारी—यी सबै चुनौतीलाई उनले एक्लै सामना गरिन्।

२०७४ सालमा श्रीमान गुमाएपछि उनको जीवनमा अन्धकार छायो। घरखर्च चलाउनै मुस्किल भयो। कामको खोजीमा भौतारिँदै गर्दा उनलाई दिदीका आफन्तमार्फत किसान बहुउद्देश्यीय सहकारी संस्थाबारे जानकारी भयो। यही सहकारी उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो।

२०७५ सालमा सहकारीसँग जोडिएपछि उनले पहिलो पटक ५० हजार रुपैयाँ ऋण लिइन्। यही सानो पूँजीबाट उनले भैंसीपालन व्यवसाय सुरु गरिन्। सुरुआत सजिलो थिएन, तर आत्मविश्वास र मेहनतले उनलाई अगाडि बढायो।

“किसान मेरो सहयात्री बनेको छ। यदि यो सहकारी नभएको भए मेरो जीवन दुःखमै बित्थ्यो,” लक्ष्मी भन्छिन्।

पहिलो प्रयास सफल भएपछि उनले दोस्रो पटक एक लाख रुपैयाँ ऋण लिएर थप भैंसी किनिन्। विस्तारै व्यवसाय बढ्दै गयो। आज उनका गोठमा ६ वटा भैंसी छन्, जसमध्ये दुई वटा भैंसीले दैनिक दूध दिइरहेका छन्। उनी दैनिक करिब १५ लिटर दूध बेचेर मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएकी छन्।

पहिले गुजारा चलाउनै धौ–धौ पर्ने अवस्था थियो। अहिले भने उनको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ। पाँच जनाको परिवार सहज रूपमा चलिरहेको छ, र बचतसमेत गर्न थालेकी छन्।

लक्ष्मीका लागि सहकारी केवल आर्थिक सहयोगको माध्यम मात्र होइन, जीवन बदल्ने भरोसा पनि बनेको छ। “जतिबेला समस्या पर्छ, सहकारीले साथ दिन्छ। यही कारण म आज यहाँसम्म आइपुगेकी हुँ,” उनी भन्छिन्।

अहिले उनले ५ लाख रुपैयाँ ऋण लिएर व्यवसायलाई अझ विस्तार गर्ने योजनामा छिन्। दूध बिक्रीबाट नियमित रूपमा किस्ता तिर्दै आएकी उनी छिट्टै थप दुई वटा भैंसी किन्ने तयारीमा छिन्।

यदि सहकारीको साथ नपाएको भए, रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आउने उनी बताउँछिन्। तर आज उनी आफ्नै गाउँमा बसेर आत्मनिर्भर बन्ने उदाहरण बनेकी छन्।

लक्ष्मी जस्तै धेरै एकल महिलाका लागि किसान सहकारी आशाको किरण बनेको छ। सहज ऋण सुविधा, सहुलियत व्याजदर र समयमै सहयोग—यी सबैले उनीजस्ता महिलालाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ।

लक्ष्मीको कथा केवल व्यक्तिगत सफलता मात्र होइन, सहकारीमार्फत सम्भव भएको परिवर्तनको ज्वलन्त उदाहरण पनि हो।

  • लक्ष्मी ढुङ्गाल”
शनिबार, चैत १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.